अन्तत: पल भन्दा अनमोल अगाडी, शाहरुख खान पछ्याउदै !

अन्तत: पल भन्दा अनमोल अगाडी, शाहरुख खान पछ्याउदै !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अन्तत: ‘कृ’ गीत युट्युब ट्रेन्डीङको पहिलो स्थानमा उक्लिएको छ । रिलिज भएको दुई दिनसम्म तेस्रो स्थानमा रहेको ‘यति यति पानी…’ले ‘शत्रु गते’को ‘रुपै मोहनी…’ र कार्टुन क्रुजको ‘कम्मरको ट्याटु’लाई छिचोल्दै शिर्ष स्थानमा उक्लिएको हो ।

गीतले युट्युबमा दर्शकको तीव्र भ्युज बटुलिरहेको छ । गीतलाई चौथों दिनसम्म २० लाख ५८ हजार बढी भ्युज मिलिसकेको छ । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको क्लब सङमा अनमोल केसीले कम्मर मर्काएका छन् । अनमोललाई नाच्न आउदैन भन्ने दर्शकका लागी ‘यति यति पानी’मा रेनषा वान्तवा राईले मज्जाले नचाएकी छन् ।

माघ २६ गते रिलिज हुने ‘कृ’को ट्रेलरले युट्युबमा रेकर्ड समेत राखेको थियो । सुरेन्द्र पौडेल निर्देशित सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ ।

टप ५ को को ?

यो समाचार तयार पार्दासम्म ट्रेन्डीङको दोस्रो स्थानमा ‘रुपै मोहनी’ र तेस्रो स्थानमा ‘कम्मरको ट्याटु’ रहेका छन् । ‘रुपै मोहनी’ ‘कृ’ गीतमा भन्दा एक दिन अगाडी रिलिज गरिएको थियो । जसले अहिलेसम्म २० लाख ८५ हजार भ्युज बटुलिसकेको छ । यो गीतमा हरिबंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, आँचल शर्मा र अहिलेका लोकप्रिय अभिनेता पल शाहले कम्मर मर्काएका छन् ।

त्यस्तै चौथों नम्बरमा शाहरुख खानको ‘जिरो’ टिजर छ । तिन दिन अगाडी सार्वजनिक गरिएको टिजरले १ करोड भ्युज पाउँदा पनि नेपाली गीतका कारण शिर्ष स्थान कब्जा गर्न सकेको छैन ।

त्यस्तै ट्रेन्डको पाँचौं स्थानमा रेखा थापा र आर्यन सिग्देल स्टारर सिनेमा ‘रुद्रप्रिया’ छ । यसले युट्युबमा गज्जबको भ्युज बटुलिरहेको छ । ६ दिन अगाडी सार्वजनिक सिनेमालाई अहिलेसम्म १७ लाख बढीले हेरिसकेका छन् । सुदीप बबी भुसाल सिंह निर्देशित सिनेमा गत कार्तिक २ गते प्रदर्शनमा आएको थियो ।