ट्रेन्डीङ: कृ, शत्रु गते, रुद्रप्रिया र शाहरुखमा को अगाडी ?

ट्रेन्डीङ: कृ, शत्रु गते, रुद्रप्रिया र शाहरुखमा को अगाडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिले नेपाली युट्युब ट्रेन्डीङमा तिन नेपाली सिनेमाका भिडियोले शिर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यसै साता मात्र सार्वजनिक भएका तिन नेपाली सिनेमाको भिडियोलाई ‘कार्टुन क्रुज’को ‘कम्मरको ट्याटु’ नामक भिडियोले लोकप्रियतामा मात खुवाईरहेको छ ।

४ दिन अगाडी रिलिज भएको ‘कम्मरको ट्याटु’लाई १० लाख ५० हजार बढी भ्युज प्राप्त भैसकेको छ । त्यस्तै दोस्रो नम्बरमा सिनेमा ‘शत्रु गते’को ‘रुपै मोहनी…’ छ । जुन गीतले ४ दिनमै १६ लाख ७१ हजार बढी भ्युज पाईसकेको छ । यो गीतले रिलिज भएको २४ घन्टामै सर्वाधिक भ्युज प्राप्त गरेर रेकर्ड राख्न सफल भएको थियो । दुई दिन अगाडी शिर्ष स्थानमा पुगेको गीतलाई ‘कम्मरको ट्याटु’ले तल झारिदिएको हो ।

त्यस्तै तेस्रो स्थानमा अनमोल केसी स्टारर सिनेमा ‘कृ’को क्लब ‘सङ’ छ । दुई दिन अगाडी रिलिज भएको ‘यति यति पानी’ बोलको गीतले १२ लाख २६ हजार बढी भ्युज पाईसकेको छ । ‘यति यति पानी’को यो भ्युज द्रुत हो ।

ट्रेन्डीङको चौथों स्थानमा रेखा थापा र आर्यन सिग्देल स्टारर सिनेमा ‘रुद्रप्रिया’ छ । कार्तिक २ गते हलमा प्रदर्शन गरिएको सिनेमालाई युट्युबमा ४ दिन अगाडी सार्वजनिक गरिएको थियो । हलमा खासै जादु चलाउन नसकेको सिनेमालाई युट्युबमा भने उत्साहजनक साथ र प्रतिक्रिया मिलेको छ । अहिलेसम्म यसलाई १४ लाख ७१ हजार बढी भ्युज मिलेको छ ।

ट्रेन्डीङको छैटौ स्थानमा शाहरुख खानको सिनेमा ‘जिरो’को टिजर छ । २२ घण्टा अगाडी सार्वजनिक टिजरले ४० लाख बढी भ्युज पाईसकेको छ । त्यस्तै पाँचौ स्थानमा दक्षिण भारतीय सिनेमा ‘कासमोरा २’ छ ।