अस्ट्रेलियामा गुन्जदै सागर, सुरज र केन्जल

अस्ट्रेलियामा गुन्जदै सागर, सुरज र केन्जल

द सिनेमा टाइम्स
0
Shares

राजन घिमिरे, काठमाडौँ – चर्चित रियालिटी शो ‘नेपाल आइडल’का लोकप्रिय प्रतिस्प्रधि सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ अष्ट्रेलियाका बिभिन्न शहरहरूमा गुन्जने भएका छन । यतिबेला यी आवाजहरूको सांगितिक प्रस्तुति हेर्ने मिति अष्ट्रेलियाबासी नेपालीहरूको लागि नजिकिदै छ ।

‘वेलकम २० अठार’ नाम दिईएको यो सांगितिक यात्रा ६ जनवरीबाट शुरू भएर २८ जनवरीमा सकिनेछ । टुरको ब्यबस्थापक ‘हो र होइन होला’ इभेन्टका रोशन भट्टराईले दिएइको जानकारी अनुसार ६ जनवरीमा पर्थ ‘अस नेपाल इभेन्टस’, १४ जनवरीमा ब्रिसबेन ‘एन इ इभेन्टस’, १९ जनवरीमा सिड्नी ‘हो र होइन होला इभेन्टस’, २० जनवरीमा मेलबर्न ‘हाम्रो इभेन्टस्’, २७ जनवरीमा तासमानिया ‘तास इभेन्टस्’ र २८ जनवरीमा एडिलेट ‘हो र होइन होला’ले यो सांगितिक कार्यक्रमको ब्यबस्थापन गर्नेछन् ।