नेपाल चलिचत्र संघको ४२औ कार्य सिमितिले लियो सपथग्रहण

नेपाल चलिचत्र संघको ४२औ कार्य सिमितिले लियो सपथग्रहण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल चलचित्र संघको नवनिर्वाचित ४२औ कार्य समितिले पदभार ग्रहण गरेको छ । संघको कार्यालय विशालनगरमा भएको एक कार्यक्रमका बीच २ महिना अगाडी हेटौडामा निर्वाचित भएको समितिले निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

पदभार ग्रहण गरेपछि प्रदीप उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले एक अर्काको अस्तित्व स्विकार गर्न नसकेका कारण नेपाली फिल्म क्षेत्रका हित हुन नसकेको बताए । साथै बक्सअफिस सिस्टमको बारेमा बोल्दै जबसम्म चलचित्र घरलाई चोरको संज्ञा दिइन्छ तबसम्म चलचित्र घर बक्सअफिसको विरोधमा रहने बताए ।

नेपाल चलचित्र संघ २०१३ सालमा स्थापना भएको थियो | यो नै नेपाली फिल्म क्षेत्रको सबैभन्दा पुरानो संस्था हो ।