माग पुरा नभए जेठ २ बाट सिनेमा प्रदर्शनमा रोक लगाइने

माग पुरा नभए जेठ २ बाट सिनेमा प्रदर्शनमा रोक लगाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र निर्माता संघले सिनेमा प्रदर्शक र निर्माता विचको शेयर बाँडफाँडको विषयलाई लिएर जेठ २ गते बाट सिनेमा प्रदर्शनमा रोक लगाउने चेतावनी दिएको छ ।

उसले विक्रम संवत २०६० सालमा निर्माता र प्रदर्शन विच भएको होल्ड ओभरको विषयलाई पुन: कार्यन्वयनमा ल्याउने माग गर्दै, यदि समयसिमा भित्र कार्यन्वयन नभएको खण्डमा स्वदेशी र बिदेशी सिनेमालाई पूर्ण रुपमा रोक लगाउने चेतावनी दिएको हो । शनिबार राजधानीमा भेला भएको निर्माता संघले २ बुँदे माग अगाडी सारेको छ ।

२०६० सालमा काठमाण्डौ उपत्यकामा सिनेमा प्रदर्शन पश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले रकम लिने सहमती भएको थियो । तर, चलचित्र संघका सदस्य रहेका ठुला हलहरुले उक्त सहमति उलंघन गर्दै आएको र साना हलले पनि देखासिकी गर्दै उक्त सहमति उलंघन गरेको संघले बताएको छ ।

यो बुँदामा काठमाडौँ उपत्यकाको ठाउँमा देशैभर अक्षरस कार्यन्वयन हुनु पर्ने र हलमा बजाइने ट्रेलर, पोष्टर, स्थानिय पब्लिसिटी खर्चहरु लगायत अन्य मागहरु चलचित्र संघसँगको छलफलमा निर्णय गर्नेपनि प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै संघले बक्स अफिस कार्यन्वयन सम्वन्धमा नेपाल नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शीसहितको बक्स अफिस कार्यन्वयनका लागि राज्यलाई जोडदार माग गर्दै संस्थागत सहयोग गर्ने बताएको छ । यी माग वार्ताको लागि चलचित्र संघको ढोका सदैव खुला रहेको भन्दै, जेठ १ गतेसम्म माग कार्यन्वयन नगरेको खण्डमा २ गतेबाट देशैभर स्वदेशी र बिदेशी सिनेमाको प्रदर्शनमा रोक लगाइने बिज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ ।