अमेरिकामा बजार विस्तारका लागी भलाकुसारी सम्पन्न

अमेरिकामा बजार विस्तारका लागी भलाकुसारी सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अमेरिकाबाट नेपालमा फिल्म सम्बन्धी ज्ञान बाड्न नेपाल आईपुगेकी फिल्मकर्मी शालिनी कौन्तेय र नेपाली फिल्मकर्मी बीच शुक्रबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रियामा शालिनीले अमेरिकामा कसरी नेपाली फिल्मको बजार विस्तार गर्न सकिन्छ ? भन्ने शिर्षकमा नेपाली फिल्मकर्मीहरुसंग भलाकुसारी गरेकी थिइन् | कार्यक्रममा पाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशकहरु विश्व बस्नेत, उज्वल घिमिरे, के.पी. पाठक, राजेन्द्र शलभ, यम थापासँगै बरिष्ठ कलाकारहरु भुवन चन्द, बसुन्धरा भुसाल, सुनिल थापा तथा नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थ लगायत उपस्थित थिए ।

नेपाल फिल्म सोसाइटी, नेपाल चलचित्र संघ र अमेरिकी राजदूतावासको पहलमा शालिनी नेपाल आएकी थिइन् । शालिनी भारतीय मूलको अमेरिकी फिल्मकर्मी हुन् । शालिनीले यसै साता अस्कर कलेजमा आफ्नो निर्देशनमा बनेको ‘ड्रप अफ द लाईफ’ देखाएकी थिइन् ।