कार्तिक १९ मा सर्यो ‘नेम्पा’ अवार्ड

कार्तिक १९ मा सर्यो ‘नेम्पा’ अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अमेरिकाको टेक्सासस्थित डालसमा हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड २०१७’को आयोजना मिति सारिएको छ । असोज १ गते हुने भनिएको अवार्ड समारोह अब नोभेम्बर ५ तारिख अर्थात् कार्तिक १९ गते पुर्वनिर्धारित ठाउँमै हुने प्रेसविज्ञप्तीमा जानकारी गराईएको छ ।

असोज १ मितिको लागि भव्य तयारी भैहरेको अवार्ड अमेरिकामा आएको प्राकृतिक प्रकोपका कारण स्थगित भएको थियो । साथै अवार्ड लगतै विजयादशमी सुरु हुने भएपछी टेक्सासबासीको आग्रहमा नेपाल चलचित्र संघ र डि.ए.बि.एस इन्टरटेन्टमेन्टको छलफलबाट समारोह तिहार पछाडी सारिएको संघका अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्तीमा जानकारी दिएका छन् ।

यस पटकको अवार्डमा नेपाल चलचित्र संघसँग  डि.ए.बि.एस. इन्टरटेन्टमेन्ट टेक्सास, डालसले सहकार्य गर्दैछ । नेम्पाले केहि समय अगाडी उत्कृष्ट टप ३ को मनोनयन सार्वजनिक गरिसकेको छ ।