गोप्य विवाह गर्दै नेहा धुपिया दिईन सरप्राइज

गोप्य विवाह गर्दै नेहा धुपिया दिईन सरप्राइज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री नेहा धुपियाले गोप्य रुपमा विवाह गरेकी छन् । उनले बेस्टफ्रेन्ड अंगद बेदीसँग दिल्लीमा लुकिछिपी विवाह सम्पन्न गरिन ।

अभिनेता अनिल कपूरकी छोरी सोनम कपूरले धुमधामका साथ विवाह सम्पन्न गर्दा बलिउड तातेको थियो । सोनमको विवाहमा पुरा बलिउड झुमिरहँदा नेहाले फ्यान र बलिउडलाई नै आश्चर्यमा पार्दै लगनगाँठो कसिन । अहिले नेहालाई बलिउडकर्मीको बधाईको ओइरो लागेको छ ।

 

दुई घण्टा पहिले मात्र यी दुईले सामाजिक संजाल इन्स्टाग्राममा विवाहको फोटो शेयर गर्दै फ्यानलाई सरप्राइज दिए । फोटो शेयर गर्दै नेहा लेख्छिन ‘मेरो जिन्दगीको सबैभन्दा ठुलो फैसला – आज मैले आफ्नो बेस्टफ्रेन्डसँग विवाह गरे, हेल्लो श्रीमान’

यी दुईले शिख रिवाज अनुसार विवाह गरेका थिए । आइएएनएसका अनुसार विवाहमा भारतीय पुर्वक्रिकेटर अजय जडेजा र आशिष नेहरा पनि उपस्थित थिए ।

बेस्टफ्रेन्ड भनिएता पनि यी दुई लामो समयदेखि डेटमा थिए । अंगद भारतीय दिग्गज क्रिकेटर विशन सिंह बेदीका छोरा हुन् । बलिउडका केहि सिनेमामा अभिनय गरेका अंगत अन्तिम समय अमिताभ बच्चनको ‘पिंक’मा देखा परेका थिए ।