नेफ्टा अवार्ड तयारी पुरा,कूल १ सय २० जना को टोली उड्दै

नेफ्टा अवार्ड तयारी पुरा,कूल १ सय २० जना को टोली उड्दै

द सिनेमा टाइम्स
0
Shares

प्रतीक्षित नेफ्टा अवार्डका लागि ६ सदस्यीय व्यवस्थापन टोली आयोजनास्थल युएईको दुबई सहरतर्फ प्रस्थान गरेको छ । टोलीलाई अध्यक्ष पुष्कर लामाले काठमाडौं विमानस्थलमा बिदाइ गरे । टोलीले बुधबार बिहान दुबईको लिजरल्यान्डस्थित आइस रिंक पुगेर कार्यक्रम स्थल अवलोकन समेत गरेको छ । त्यहाँबाट इभेन्ट संयोजक बाबुराम दाहालले जनाएअनुसार अवार्ड तयारी पुरा भएको छ । ‘तयारीबारे अवलोकन गरेका छौं र सबै राम्रोसँग भएको छ’ दाहालले भने, ‘अब तयारी पुरा भएको छ ।’ कलाकार र मिडिया टोली विहिबार अपरान्ह त्यसतर्फ प्रस्थान गर्दैछ । कूल १ सय २० को टोली उड्दैछ ।nefta-in2
शुक्रबार हुने अवार्डलाई भव्य बनाउन स्थानिय आयोजक कन्सेप्ट भिजन फिल्म निर्माण र वितरक संस्था लागिपरेको छ । कम्पनी प्रमुख सालिक सुवेदीले ६ सदस्यीय टोलीलाई युएई एयरपोर्टमा भव्य स्वागत गरे । महानायक राजेश हमाल, नीर शाहलगायत पछिल्लो छिमलका चर्चित कलाकार युएईको आर्थिक राजधानी प्रस्थान गर्दैछन् । नेफ्टाको नवौं संस्करणका लागि भाग लिन दुबई जाने दर्शकलाई युएईका विभिन्न स्थानबाट बस चढ्ने सुविधा समेत उपलब्ध गराइएको छ । विहिबार दिउँसो ३ बजेपछि मध्यरातसम्मै काठमाडौं टोलीको उडान निर्धारण गरिएको छ । शुक्रबार बेलुका सात बजदेखि हुने अवार्डलाई लिएर सिंगो नेपाली सिनेमा उत्साहित समेत छ ।