भुवन चन्द र चैत्यदेवीले निर्माण गर्ने सिनेमामा निता फाइनल

भुवन चन्द र चैत्यदेवीले निर्माण गर्ने सिनेमामा निता फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पहिलो नेपाली सिनेमा ‘आमा’का दुई अभिनेत्री भुवन चन्द र चैत्यदेवीले मिलेर निर्माण गर्ने सिनेमाको नाम ‘साइनो’ जुराईएको छ । यो सिनेमामा मुख्य भुमिकाको लागी नायिका निता ढुंगानालाई फाइनल गरिएको छ । नीता र निर्माण टिम विच बुधबार लिखित सम्झौता गरिएको हो ।

यसअघि निर्माण टिमले यो सिनेमाको लागी नायिका सारा सिर्पालीसँग पनि कुरा भएको थियो । ट्रयाङगुलर लभस्टोरी सिनेमामा नीतासँगै नायिका मिरुना मगरको पनि अभिनय रहनेछ । सिनेमाको मेल लिडमा डेब्यु नायक राजकुमारको अभिनय रहनेछ ।

सिनेमालाई रमेश थापाले निर्देशन गर्नेछन् । निर्देशक रमेश थापाले दिएको जानकारी अनुसार छिट्टै सिनेमाको छायाङ्कन सुरु गरिनेछ । सिनेमामा अभिमन्यु निरवीको लेखन र रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहनेछ ।