निताको कामूक आइटम सार्वजनिक

निताको कामूक आइटम सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री निता ढुंगाना फिचर ‘हुर्रे’को आइटम गीत सार्वजनिक गरिएको छ । राजधानीमा प्रेसमिट आयोजना गरेर सार्वजनिक गरिएको गीतमा निताले नृत्य पस्केकी थिइन् ।

बिक्रम स्वारको कोरियोग्राफीमा नितासँगै राजाराम पौडेल, विजय बराल, अंकित खड्काले कम्मर मर्काएका छन् । केकी अधिकारी, अनुपविक्रम शाही, विजय बराल, अंकित खड्का, राजाराम पौडेल, संगीता नापित, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहेको ‘हुर्रे,मा निताको आइटम नृत्य मात्र रहेको छ ।

आइटमको बारेमा बोल्दै निताले भनिन् ‘राजाराम भाईसँग काम गर्न (जिस्किदै..) सुरुमा अप्ठेरो लागेको थियो । पुरा ठुलो मान्छेको जस्तै फिलिंस दिनुपर्ने रे ! तर, सानो मान्छेले पनि ठुलो काम गर्नु भएको छ । मलाई दुई दिनसम्म हँसाउनु भयो । धन्यवाद त्यसको लागी ।’

कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा काली र एकतारेको शब्द सिर्जना  छ । झुमा लिम्बु र संगीतकार स्वयम्ले गीतमा स्वर दिएका छन् ।

‘राज्जा रानी’ डेब्यु निर्देशक यम थापाको ‘हुर्रे’मा कथा/पटकथा/संवाद र निर्देशन रहेको छ । फागुन २५ मा सार्वजनिक हुने सिनेमामा दावा शेर्पा (सेट्टी), सोनम लामा ब्लोन, छिरिङ दोर्जे लामाको लगानी रहेको छ ।

यसअघि रिलिज भएको ‘ठेकीमा दहि’ बोलको गीतले युट्युबमा लोकप्रियता कमाईसकेको छ ।