जन्मदिन : निर्मात्री बन्ने तयारीमा निता !

जन्मदिन : निर्मात्री बन्ने तयारीमा निता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमाकी सफल नायिका हुन् निता ढुंगाना । उनले छोटो समयमा नेपाली सिनेमामा आफ्नो अलग स्थान बनाएकी छिन् । हो उनै निताको आज जन्मदिन हो । उनले आज काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरेर आफ्ना नजिकका साथीहरु, सिनेमाकर्मी र पत्रकार माझ आफ्नो जन्मदिन मनाउँदै छिन् ।

नायिका निता ढुंगाना निकट भविष्यमा नै सिनेमा निमार्णमा हात हाल्दै छिन् । जसको घोषणा उनले गतवर्षको जन्मदिनमा गरेकी थिइन् । यसका लागी उनले निता फिल्मस् प्रोडक्शन हाउस स्थापना गरिसकेकी छिन् । तर सिनेमा निर्माणको काम भने अगाडी बढाएकी छैनन् । चाँडै सिनेमा निर्माणमा उत्रने उनको भनाई रहेको छ ।

नितालाई नेपाली सिनेमा क्षेत्रमा अभिनय र नृत्यमा पोख्त नायिकाको रुपमा चिन्ने गरिन्छ । उनले अभिनय गरेका सिनेमाले बक्सअफिसमा औषत व्यापार गरेका छन् । तरपनि उनले नाम चलेका ठुला व्यानर र निर्माता निर्देशकसँग काम गरिरहेकी छन् । निताले थुप्रै अवार्ड समेत प्राप्त गरिसकेकी छन् । उनै निता ढुंगानालाई द सिनेमा टाइम्सका तर्फबाट जन्मदिनको शभुकामना !आगामी दिनमा सिनेमा करियरमा ठुलो सफलता मिल्दै जाओस भन्ने कामना !!!!!!