निता ढुंगाना ‘रबिना ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’को ब्राण्ड एमबेस्डर

निता ढुंगाना ‘रबिना ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’को ब्राण्ड एमबेस्डर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पछिल्लो समय सिनेमासँगै म्युजिक भिडियोमा पनि व्यस्त नायिका निता ढुंगाना रबिना ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको ब्राण्ड एमबेस्डर बनेकी छिन् । उनलाई एक वर्षको लागी अनुबन्धित गरिएको सञ्चालक तथा ब्युटीसियन सुलोचना श्रेष्ठले बताइन ।

काठमाण्डौको पेप्सीकोलामा मेन ब्रान्च रहेको रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको खरिबोट मिनभवनको नयाँ आउटलेटको नायिका नीता ढुंगाना लगायतले उद्घाटन गरेका हुन् ।

व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै नीताले व्युटिसियन सुलोचना र उनको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् । अर्को बर्षको भदौ ७ गतेसम्म आफुहरुले नीताको सौन्दर्य अन्तर्गत हेयर केयर, स्किन केयर, बडी केयर सहित सौन्दर्यसम्बन्धि सम्पूर्ण पक्षको केयर गर्ने श्रेष्ठले बताईन्