मेरो सिनेमामा दीपिका हुने नहुने फाइनल भएको छैन् : नवल नेपाल

मेरो सिनेमामा दीपिका हुने नहुने फाइनल भएको छैन् : नवल नेपाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नवल नेपालको निर्देशन र पुनम गौतमले निर्माण गर्ने नयाँ सिनेमाको काम अहिले तिव्र गतीमा भैरहेको छ । पुनम गौतमले निर्माण गरेको सिनेमाले खासै राम्रो व्यापार गर्न सकेको थिएन । जसले गर्दा यो सिनेमामा अनले निकै मेहनत गरिरहेकी छिन् । निर्देशक नवल नेपाल पनि सिनेमाको कथालाई उत्कृष्ट बनाउन लागी परेका छन् ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने उक्त अनटाइटल सिनेमाको लागी नायक पुष्प खड्का र डेव्यु अभिनेत्री रेविका गुरुङ फाइनल भैसकेका छन् । भने अन्य दुई नायिकाको खोजी यतिवेला तिव्र पारिएको छ । दुई नायिका मध्ये एकमा भने अहिलेकी हटकेक नायिका दीपिका प्रसाईसँग कुरा भैरहेको छ । निर्देशक नवल नेपालका अनुसार दीपिकासँग दुई चरणमा कुरा भैसकेको छ । तर उनी सिनेमामा हुने नहुने फाइनल भएको छैन् । केहिदिनमा दीपिकाले सिनेमा गर्ने नगर्ने फाइनल हुने निर्देशक नेपालको भनाई छ ।

माघ १५ गतेबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको लागी अर्की एक नायिका भने अमेरिकाबाट आउने निर्देशक नवल नेपालले बताए । केहि दिनमा पत्रकार सम्मेलन गरेर सिनेमाको बारेमा जानकारी दिने तयारी निर्माण युनिटले गरिरहेको छ । नायक पुष्प खड्काले महसंचारको सिनेमा ‘दाल भात तरकारी’को छायांकन पश्चात यो सिनेमाको सेट जोइन गर्ने छन् ।