अपराधको कथामा ‘न्याप्किन’ (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ – अपराधको कथामा निर्माण भएको सिनेमा ‘न्याप्किन’को ट्रेलर रिलिज गरिएको छ । विनायक लामिछाने निर्देशित सिनेमा विभिन्न ठाउँमा भूकम्प पिडितका लागी च्यारिटी भैसकेको छ ।

आमयुवाहरुले भोगेको चिन्ता कसरी अपराधसँग जोडिन्छ भन्ने संदेश बोकेको सिनेमामा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय छ ।

सिनामंगलका युवाहरु मिलेर बनाएको सिनेमामा अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्ट छ । सुवास ईडोको छायाँकन र भुपेन्द्र बनको द्वन्द रहेको सिनेमाको रिलिज मिति फाईनल भैसकेको छैन ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *