नम्रता भन्छिन्, ‘म हरेक सिनेमामा पात्र अनुसार डुब्छु’ !

नम्रता भन्छिन्, ‘म हरेक सिनेमामा पात्र अनुसार डुब्छु’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नायिका नम्रता श्रेष्ठ झण्डै एक वर्षपछि सिनेमा मार्फत दर्शकमाझ आउँदैछिन् । यसअघि उनले अभिनय गरेको सिनेमा ‘पर्व’ रिलिज भएको थियो । त्यसपछि नम्रतालाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् ।

अभिनयमा निकै दख्खलता देखाउने अभिनेत्रीका रुपमा चिनिने नम्रता आउँदो मंसिर २१ गतेबाट ठूलो पर्दामा देखिँदैछिन् । उनी अभिनित सिनेमा ‘प्रसाद’ ले यही दिनलाई रिलिज डेट तोकेको छ । कतिपयले बलिउड अभिनेत्री कंगना रनावतसँग पनि तुलना गर्ने गर्छन् नम्रतालाई । किनकि, उनको स्वभाव छ, कि सिनेमानखेल्ने र खेलेका सिनेमामा आफूलाई ‘बोल्ड’ देखाउने ।

तिनै नायिका नम्रताले द सिनेमा टाइम्ससँग कुरा गर्दै आफूले ‘प्रसाद’ का लागि पनि आफूले निकै मेहनत गरेर भूमिकालाई न्याय दिन खोजेको बताइन् । ट्रेलर र गीतबाट पनि उत्तिकै चर्चा पाएकी नम्रताले भनिन्, ‘म हरेक सिनेमाको पात्रअनुसार भूमिकामा उत्तिकै डुब्ने गर्छु ।’

‘छड्के’ लगायत केही सिनेमामा फरक भूमिकामा देखिए पनि उनलाई समीक्षकको नजरमा भने लभस्टोरी सिनेमामा फिट भएको लाग्छ उनलाई । आफूलाई फ्यानले भने फरक भूमिकामा पनि उत्तिकै रुचाएको नम्रताको भनाइ छ ।

‘मिडियाकर्मी र समीक्षकले मलाई लभस्टोरी सिनेमामै सुहाएको बताउनुभएको हुन्छ, तर फ्यानले भने मलाई अरु सिनेमा हेरेर पनि उत्तिकै राम्रो प्रतिक्रिया दिइरहनुभएको हुन्छ,’ नम्रताले भनिन्, ‘म हरेक सिनेमाको भूमिकामा पात्रअनुसार डुब्छु, सिनेमामा अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने लोभ लाग्छ, मलाई त्यस्तै जोखिम मोलेर नै काम गर्न मन लाग्छ ।’

‘सानो संसार’, ‘मेरो एउटा साथी छ’, ‘छड्के’, ‘पर्व’, ‘नोभेम्बर रेन’, ‘मौन’ लगायतका सिनेमामा अभिनय गरेर दर्शकको मन जितेकी नम्रताले यतिबेला सिनेमा ‘प्रसाद’ मा निभाएको भूमिकाबाट पनि राम्रो चर्चा पाइरहेकी छिन् । सिनेमाको गीत ‘लै लै’ यतिबेला चर्चामा छ ।