अर्जुन र परिणीती स्टारर ‘नमस्ते इंग्ल्याण्ड’को ट्रेलर सार्वजनिक

अर्जुन र परिणीती स्टारर ‘नमस्ते इंग्ल्याण्ड’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सिनेमा ‘इश्कजादे’ जोडी अर्जुन कपुर र परिणीती चोपडा अभिनित सिनेमा ‘नमस्ते इंग्ल्याण्ड’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा कमेडी, मायाप्रेम र जीवन भोगाइमा आउने विभिन्न उतार चढावलाई फोकस गरिइको छ । सिनेमाको कथा अर्जुन कपुर र परिणीती चोपडाको वरिपरि घुमेको छ ।

यो सिनेमा अक्षय कुमार र कैटरीना कैफ अभिनित ‘नमस्ते लण्डन’को सिक्वेल हो । यो सिनमाका निर्देशक विपुल अमृतलाल शाह हुन् । उनले नै अक्षय र कैटरीको ‘नमस्ते लण्डन’को पनि निर्देशन गरेका थिए। अक्षय र कैटरीनालाई रिप्लेस गरेको अर्जुन र परिणीतीको जोडीले ‘नमस्ते लण्डन’को सफलतालाई दोहोर्याउला ? यसको प्रतिक्ष दर्शकमाझ निकै रहेको छ । अर्जुन र परिणीत अभिनीत अको सिनेमा ‘संदीप और पिंकी फरार’ पनि प्रर्दशनको तयारीमा रहेको छ ।