ऐतिहासिक सिनेमा ‘नालापानि’को टिजर रिलिज

ऐतिहासिक सिनेमा ‘नालापानि’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा नालापानीको टिजर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमका बिच सिनेमाको टिजर सार्वजनिक गरिएको हो । नेपालीहरुको विरताको इतिहासको कथामा निर्माण भएको सिनेमालाई रिमेश अधिकारीले निर्देशन गरेका हुन् भने मनोज शाक्यले निर्माण गरेका हुन् ।सिनेमामा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो सिनेमाको स्क्रीप्ट तयार पारेका हुन् । सिनेमाले नालापानीको युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई उठान गरेको छ । अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई सिनेमामा देखाइएको छ ।

सिनेमामा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमाको प्रदर्शन मिति तय गरिएको छैन । सिनेमाको मेकिङ लोभलाग्दो छ । ऐतिहासिक कथालाई पर्दामा उतार्न सजिलो नभएपनि यसको निर्माण यूनिटले मिहिनेत गरेको देखिन्छ ।