‘नालापानी’लाई नेपाली सेनाको सहयोग (भिडियो)

‘नालापानी’लाई नेपाली सेनाको सहयोग (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि समय अगाडी निर्माण घोषणा भएको सिनेमा ‘नालापानी’ले अहिले प्रिप्रोडक्सनको काम तीव्रताका साथ गरिरहेको छ | रिमेश अधिकारीले निर्देशन गर्ने यो सिनेमाको लागि कलाकारहरुको अडिसन शुरु भएको छ । अडिसनको शुरुमा नै नेपाल आर्मीको अडिसन भएको छ । सिनेमामा धेरै दृश्य द्वन्द्वका हुनेछन् जसको कारण पनि दक्ष योद्दा जरुरी छ ।

योद्दाहरुलाई तयार पार्न समय धेरै लाग्ने भएकोले पनि नेपाल आर्मीका जवानहरुलाई नै अभिनय गराउन लागिएको निर्देशक अधिकारीले बताए । सिनेमामा युद्दका दृश्य देखाउँदा प्राकृतिक हुनु जरुरी रहेकोले पनि आर्मीबाट नै कलाकारहरु छनौट भईरहेका छन् । यद्यपी प्रमूख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुनेछैनन् ।

यो सिनेमालाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ ।

नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो सिनेमा निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सम्राट शाक्य कार्यकारी निर्देशक रहेको सिनेमामा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । सिनेमाको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन ।

कथा-

सन् १८१४ मा नेपालले देशको सिमा बचाउने क्रममा देहरादुन स्थित नालापानीमा अंग्रेज विरुद्द युद्द लडेको थियो । उक्त समयमा नेपालको तर्फबाट कप्तान वीर बलभद्र कुँवर जम्मा ६०० जना योद्दाका साथ युद्द भुमिमा उत्रिएका थिए ।

विश्वव्यापी साम्राज्य विस्तार गर्दै भारत हुँदै नेपालसम्म आईपुगेको ब्रिटिस अंग्रेजले झन्डै ३५ सय बढी योद्दाका साथ ‘नालापानी’मा आक्रमण गर्यो । बलभद्रसहितको ६०० गोर्खाली सेनाले सिमित हात हतियार र स्रोतका वावजुत ब्रिटिससँग बहादुरी पुर्वक लडे । तिन पटकसम्म जितेको गोर्खालीले अन्तिम लडाईमा अंग्रेजको चलाखीका कारण ‘नालापानी’ गुमाउनु पर्यो ।

तर, पनि युद्दमा प्रस्तुत गरेको वीरताले विश्वव्यापी चर्चा पायो । ‘नालापानी’ अहिले भारतमा पर्छ । त्यहाँ अहिले पनि अंग्रेजले नेपाली वीरताको सम्मान गर्दै कुदिएका मुर्ति, शिलालेख, संग्राहलय हेर्न पाइन्छन । यहिँ एतिहासिक वीरताको पाटोलाई  सिनेमा ‘नालापानी’मा प्रस्तुत गरिने भएको छ ।

https://youtu.be/S3j3Ou3RKss