नाका टिजर: भस्मे, इन्दु, फणिन्द्र, पित्तले ‘उर्फ’ अब चै गोल्डी रे !

नाका टिजर: भस्मे, इन्दु, फणिन्द्र, पित्तले ‘उर्फ’ अब चै गोल्डी रे !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की गत वर्ष रिलिज भएको ‘लूट २’मा देखिए यता सिनेमा मार्फत दर्शकसम्म पुगेका छैनन् ।

गत वर्ष अभिनयका हिसाबले सर्वाधिक चर्चामा रहेको विपिन अभिनित ‘नाका’को टिजर सार्वजनिक भएको छ । टिजरमा पुन: विपिनलाई नयाँ भूमिका र अवतारमा देख्न सकिन्छ । टिजरबाट विपिनको परिचय दिईएको छ । अमित श्रेष्ठ निर्देशित सिनेमामा यी अभिनयका नेता ‘गोल्डी’को भूमिकामा छन् ।

यसअघि विपिनका ‘पशुपति प्रसाद’ (भस्मे), ‘छड्के’ (इन्दु), ‘जात्रा’ (फणिन्द्र), ‘लूट २’ (पित्तले) र ‘कालो पोथी’को केमियो नै सहि यी सबै क्यारेक्टरले निक्कै प्रशंसा पाएका थिए । अब ‘गोल्डी’को लागि फागुन १७ गते देशभरका पर्दा खुल्ने भएका छन् ।

अ मिडिया पोर्ट प्रोडक्सनको व्यानरमा निर्माण भएको ‘नाका’लाई प्रविन टक्की कार्कीले निर्माण गरेका हुन् । सिनेमामा विपिनका अलावा थिन्ले ल्यामो, रोबिन तामाङ, शिव मुखिया, प्रकाश गंदर्भ, सुजन थापा मगर, रामभजन कामत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा अर्जुन कार्कीको पटकथा, चिन्तनराज भण्डारीको छायाँकन, विभूषण बस्नेत/पूजा गुरुङको सम्पादन, जोसन कुँवरको संगीत रहेको छ ।