‘नाई नभन्नू ल ५’ को पहिलो गीत रिलिज

‘नाई नभन्नू ल ५’ को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र ८ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा ‘नाई नभन्नू ल ५’ को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र नव- नायक अभिषेक नेपाल र स्वस्तीमा खड्कालाई फिचर्ड गरिएको छ ।

‘नाई नभन्नू ल’ सिरिजको मुख्य विशेषता भनेकै यसको संगीत पक्ष हो । यस सिरिजमा समावेश हरेक गीतले दर्शकको मन छुन सफल छन् । आज सार्वजनिक गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क छ । गीतको संगीत बसन्त सापकोटा, शब्द दिनेश थपलिया र मेलिना राईको स्वर छ ।

विकाशराज आचार्यले निर्देशन गरेको सिनेमालाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् । वान टाइम सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सिनेमामा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् ।