मल्टीस्टारर ‘नाई नभन्नु ल ५’ पोस्टरमा ४ कलाकार मात्र !

मल्टीस्टारर ‘नाई नभन्नु ल ५’ पोस्टरमा ४ कलाकार मात्र !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘नाई नभन्नु ल ५’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा स्वस्तिमा खड्का, अनुभव रेग्मीका साथ डेब्यु कलाकार अभिषेक नेपाल सेड्रीना शर्मा फिचर्ड छन् ।

सिनेमाका लेखक सामिप्यराज तिमिल्सिनाले आफ्नो अफिसियल फेसबुक अकाउन्टबाट फस्टलूक पोस्टर भदौ ८ को रिलिज डेट पर्खन आग्रह गरेका छन् ।

बिकासराज आचार्यको सहलेखन र निर्देशन रहेको सिनेमामा प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ । यसै सिनेमाबाट सुपरस्टार हिरोइन निरुता सिंहले कमब्याक गर्दैछिन् । उनको सिनेमामा विशेष भूमिका बताइएको छ ।

नेपाली सिनेमाको इतिहाँसमा सर्वाधिक लोकप्रिय सिरिज ‘नाई नभन्नु ल’को यो पाँचौ भागमा पुरुषोत्तम प्रधानको छायाँकन र बसन्त सापकोटा संगीत रहेको छ । विशेषत ‘नाई नभन्नु ल’ सिरिज संगीतका कारण चर्चामा आउने गर्दछ । यसका अघिल्ला भागका लगभग सबै गीतहरु हिट छन् ।