डिलिटेड सिनसहित ‘नाका’ ओएसटि रिलिज

डिलिटेड सिनसहित ‘नाका’ ओएसटि रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘नाका’को शिर्ष गीत रिलिज भएको छ । ‘मेरो नाका…’ शिर्षक दिईएको गीतको भिडियोमा ‘डिलिट’ गरिएका दृश्यहरु पनि समावेश गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

गीतमा रोहित शाक्यको संगीत, युनिक पोइटको शब्द, रोहित शाक्य/युनिक पोइट र रोविन तामाङको स्वर रहेको छ ।

राजधानीमा फागुन १७ र राजधानी बाहिर १८ गते प्रदर्शनमा आउन लागेको ‘नाका’मा विपिन कार्कीका अलावा थिन्ले ल्याम्हो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गंदर्भ, सुजन थापा मगर लगायतका कलाकारको अभिनय छ ।

अमित श्रेष्ठको कथा/निर्देशन रहेको सिनेमामा अभिषेक सुवेदीको लेखन, चिन्तनराज भण्डारीको छायाँकन, रोहित शाक्यको संगीत, विभूषण बस्नेत र पूजा गुरुङको सम्पादन रहेको छ ।