ऋचा र छुल्ठिमको ‘चोलीको तुना’, ‘न यता न उता’ गीत रिलिज

ऋचा र छुल्ठिमको ‘चोलीको तुना’, ‘न यता न उता’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपाली सिनेमा ‘न यता न उता’को गीत सार्वजनिक गरिएको छ । ‘चोलीको तुना…..’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दीक्षीत, मिराज रोशलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा मिलन जलन र राजन इशानको संगीत, एकनारायण भण्डारीको शब्द तथा राजन इशान र मिलन अमात्यको स्वर छ ।

विक्रम स्वारले गीतमा कोरियोग्राफी गरेका हुन् । भने यो सिनेमालाई मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । सिनेमामा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षीतका अलवा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।