भाइबर स्टिकरमा ‘न यता न उता’को प्रचार

भाइबर स्टिकरमा ‘न यता न उता’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २४ गते रिलिज हुने सिनेमा ‘न यता न उता’को भाइबरले स्टिकर प्याक प्रस्तुत गरेको छ । नेपाली सिनेमाको प्रचारमा ‘न यता न उता’ले यस्तो फण्डा पहिलो पटक गरेको हो । हाँस्य प्रधान कथामा निर्माण भएको सिनेमामा दुई युवाको जीवनमा आइपर्ने संकटलाई दर्शाइएको छ । यो सिनेमा अहिले बनेका हाँस्य सिनेमा भन्दा फरक रहेको निर्माण टिमको भनाई छ ।

सिनेमामा ऋचा शर्मा ,समिर दिक्षित, छुल्ठिम गुरुङ्ग, मिराज रोश, राजाराम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लामा, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा लगायतका कलाकराके मुख्य भुमिका रहेको छ । यो सिनेमालाई मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । भाइबरले नेपालमा पहिलो पटक नेपाली सिनेमाको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक शुरुवात २०७५ मंसिर २० गतेका दिन सिनेमा ‘न यता न उता’को निर्माण टिमले स्टिकर प्याक उपलब्ध गराएपछि गरिएको छ । ‘न यता न उता’को भाइबरको स्टिकर अब बजारमा सजिलै पाउन सकिने निर्माण टिमले जनाएको छ ।

यसका साथै दर्शकले ‘न यता न उता’को भाइबर स्टिकर प्याक आफ्नो मोवाइलमा डाउनलोड गरेर सिनेमामा कलाकारहरुसँग सिधै च्याटमा कुरा गर्न सक्ने छन् । भने दर्शक कलाकारहरुसँग सिनेमाको प्रमोशनमा जाने र उहाँहरुका साथ डिनर खाने तथा सिनेमाको फ्रि टिकटहरु पाउने ब्यावस्था समेत निर्माण टिमले गरेको छ ।