‘‘म यस्तो गीत गाउछु”असार ३० मा आउने

‘‘म यस्तो गीत गाउछु”असार ३० मा आउने

द सिनेमा टाइम्स
0
Shares

छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउ“छु’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाले वि.सं २०७४ सालको असार ३० गतेलाई प्रदर्शन मिति फाइनल गरिएको जानकारी दिएका छन् । पोखरामा चलचित्रको दृश्य र गीतको छायांकन सकेर काठमाण्डौ आए लगतै सुदर्शनले लभ स्टोरी जनराको चलचित्रको प्रदर्शन मिति फाइनल भएको बताए ।उनले भने–‘हामीले सबै कुरा हेरेर असार ३० लाई मिति तय गरेका हौ । अब चलचित्रको गीतको भिडियो खिच्न उपल्लो मुस्ताङ जान्छौ ।’
सुदर्शनले हरेक तबरबाट चलचित्रलाई उत्कृष्ट बनाउन मिहिनेत गरेको बताए । यो चलचित्रमा अहिलेका चर्चित नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, ‘भालु डन’को रुपमा परिचित नविन मानन्धरको मुख्य भूमिका चलचित्रमा छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन छ । नायिका पूजा शर्माले भनिन्–‘कुनै पनि दृश्यमा संझौता नगरि हामीले चलचित्र बनाएका छौ । दर्शकले यस अगाडि दिनु भएको माया यसबाट अझ धेरै पाउनेमा म आशावादी छु ।’‘मेरो एउटा साथी छ देखि प्रेमगीत’ सम्म आइपुग्दा लभ स्टोरी चलचित्र बनाउन सुदर्शन माहिर देखिएका छन् । यसमाथि, यूवापुस्ताको रोजाइमा परेका पूजा र पलको जोडीका कारण पनि यो चलचित्र चर्चामा छ ।