‘म यस्तो गीत गाउछु’को ६० प्रतिशत छायांकन सकिएसंगै पल र पूजाको मायालु तस्बिर सार्वजनिक

‘म यस्तो गीत गाउछु’को ६० प्रतिशत छायांकन सकिएसंगै पल र पूजाको मायालु तस्बिर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

छायांकनमा रहेको चलचित्र ‘म यस्तो गीत गाउ“छु’को केहि तस्बिरहरु सार्वजनिक भएका छन् । चलचित्रको छायांकन सुरु भएपछि पहिलो पटक तस्बिरहरु सार्वजनिक भएका हुन् ।सार्वजनिक भएका तस्बिरहरु ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलका गीतका लागि खिचिएको हो । दासढुंगा अगाडि खिचिएको गीतको भिडियोमा सय बढी कोरसहरु समावेश गरिएको कोरियोग्राफर कविराज गहतराजको भनाई छ ।सार्वजनिक तस्बिरमा चलचित्रका मुख्य २ कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ । पल र पूजा यो चलचित्रका मुख्य कलाकार हुन् । साथमा चलचित्रमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन सुरु भएको २५ दिन भयो । निर्माणपक्षले ६० प्रतिशत दृश्यको काम सकेर गीतको भिडियो छायांकन गरिएको बताएको छ ।

चलचित्रलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । थापाले भने–‘हामी चलचित्रको सेड्यूल भन्दा एक दिन पनि तलमाथि छैनौ । यहि, तरिकाले काम भयो भने ४५ दिनमा चलचित्रको छायांकन सकिनेछ । पोखराको आसपासका रोचक दृश्य कैद गरेपछि अप्पर मुस्ताङमा चलचित्र खिचिने सुदर्शनको भनाई छ । पहिलो पटक चलचित्रको पर्दामा जोडी बनेका पल र पूजाले भने–काम एकदमै रमाइलो भैरहेको छ । जे सोचेका थियौ“, त्यो भन्दा पनि राम्रोस“ग काम भएको देख्दा खुशी लागेको छ ।’ अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतको भिडियोलाई संजय लामाले खिचिरहेका छन् ।सुदर्शन थापा नै निर्माता रहेको चलचित्रकी सह–निर्मात्री नायिका शर्मा हुन् ।