मिस्टर भर्जिन: लोकदेउडा फ्लेवरमा ‘टुल्की’ !

मिस्टर भर्जिन: लोकदेउडा फ्लेवरमा ‘टुल्की’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदेश ७ र ६ मा बोलिने भाषा र लोकदेउडा फ्लेवरमा ‘मिस्टर भर्जिन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘टुल्की’ शिर्षक दिईएको गीतको अडियो रमाईलो बनेको छ । गीतमा पश्चिमेली ठेट शब्दहरुको समिश्रण पाईन्छ । गीतमा सुरज पण्डितको संगीत/स्वर र शब्द रहेको छ ।

केहि भर्जिन पात्रहरुले भोगेको परिस्थिति र त्यसबाट उत्पन्न हुने घटनालाई कमेडी फ्लेवरमा प्रस्तुत गरेको ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । सिनेमामा गौरव पहारी, मरिश्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सागर ढकाल, कुलदीप अधिकारी लगायत थुप्रै कलाकारको अभिनय छ ।

सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत रहेको ‘मिस्टर भर्जिन’मा रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार/दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहेको छ । राजधानीको ठमेलमा खिचिएको सिनेमाको प्रदर्शन मिति तय भैसकेको छैन । घोषणा कार्यक्रममा निर्माण पक्षले ‘मिस्टर भर्जिन’ बैशाख अन्त्यतिर प्रदर्शनमा ल्याउने जानकारी गराएको थियो ।