‘मिस्टर भर्जिन’को प्यारोडी बनाउनेलाई, ५० हजार !

‘मिस्टर भर्जिन’को प्यारोडी बनाउनेलाई, ५० हजार !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गते रिलिज हुने सिनेमा ‘मिस्टर भर्जिन’ टिमले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिइरहेको छ । पछिल्लो समय नेपाली सिनेमाका निर्माताले सिनेमाको प्रचारमा विभिन्न फण्डाहरु अपनाइरहेका हुन्छन् । यसमा पनि दर्शकलाई सिनेमाको कारेमा जानकारी दिन विभिन्न प्रतियोगीताको आयोजना गरिन्छ ।

‘मिस्टर भर्जिन’ सार्वजनिक ट्रेलरको प्यारोडी बनाउने प्रतियोगीता घोषणा गरेको छ । यसमा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउने पर्नेछ । जुन प्यारोडीलाई [email protected] मा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

सेक्स कमेडीमा बनेको सिनेमा ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने सिनेमामा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।