‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज

‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १ गतेबाट रिलिज हुने सिनेमा ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन युवाको यौन मनोविज्ञानमा रहेर निर्माण गरिएको सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका प्रायजसो मुख्यकलाकारलाई फिचर्ड गरिएको छ ।

विशारद बस्नेत निर्देशीत सिनेमामा गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकार अभिनय छ । सिनेमाको कथा, पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमामा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।