काठमाडौंमा ‘मिस्टर भर्जिन’ टिम, सकियो मोफसल टुर

काठमाडौंमा ‘मिस्टर भर्जिन’ टिम, सकियो मोफसल टुर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबार देखि रिलिज हुने सिनेमा ‘मिस्टर भर्जिन’को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमकमा सिनेमाको प्रचार प्रसार गरेर निर्माण टिम काठमाडौं पुगेको छ । यस्तै काठमाडौंमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार साङ्गितिक कार्यक्रम हुने सिनेमा निर्माण टिमले जनाएको छ ।

मोफसल टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी थिए । मोफसल टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटका साथमा साङ्गितिक कार्यक्रम पनि गरिएको थियो । टुरका दौरान दर्शकहरुसँग नजिक रहेर सिनेमाका बारेमा जान्न पाएकाले पनि खुशी लागेको  सहभागी कलाकारले बताए ।वल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो सिनेमालाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । सिनेमामा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ, भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।