ट्रेन्डीङमा ‘मिस्टर झोले’ ट्रेलर

ट्रेन्डीङमा ‘मिस्टर झोले’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हिजो मात्र रिलिज भएको ‘मिस्टर झोले’को ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया पाईरहेको छ । रिलिज भएको छोटो समयमै ट्रेन्डीङ दोस्रो स्थानमा उक्लेको ट्रेलरले अहिलेसम्म २ लाख बढी भ्युज प्राप्त गरिसकेको छ ।

कमेडी जानराको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्दी तामाङ, पुष्कर गुरुङ, प्रविन खतिवडा, विजय बराल, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ । पुष २८ गते प्रदर्शन हुने सिनेमाको यसअघिनै ‘ओखती’ गीत सार्वजनिक भैसकेको छ । जुन गीतको लागि निर्माण टिमले कभर भिडियो प्रतियोगिता पनि आव्हान गरिसकेको छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको ‘एक्जीक्युटिभ प्रोड्युसर’मा रौनकविक्रम कँडेल र सहनिर्माताहरुमा ओम चन्द रौनियार, अर्जुन कार्की, मनिराम पोखरेल रहेका छन् ।