‘मिस्टर झोले’ शुटिङमा के के भयो ? भिडियो क्लिक गर्नुहोस्

‘मिस्टर झोले’ शुटिङमा के के भयो ? भिडियो क्लिक गर्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘मिस्टर झोले’ पुष २८ गते देखि अलनेपाल रिलिज हुँदैछ । यसअघि ‘कबड्डी’ सिरिजबाट लोकप्रियता कमाएका रामबाबुको यो निर्देशकीय सिनेमालाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

टिमले घोषणा गरेको ‘ओखती…’ कभर भिडियो कम्पिटिशनले पनि लोकप्रियता कमाउँदै गर्दा ‘मिस्टर झोले’ युनिटले प्रचारप्रसारलाई पनि तिब्रता दिईरहेको छ । दर्शकका लागि भनेर सिनेमाको मेकिङ भिडियो पनि सार्वजनिक गरिएको छ । जुन भिडियो हेरेर छायाँकनताका ‘मिस्टर झोले’ सेटमा के के भएको थियो भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

‘मिस्टर झोले’ मेकिङ भिडियो –

सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।