‘मिस्टर झोले’लाई सकारात्मक प्रतिक्रिया, रुचाईयो कमेडी पाटो

‘मिस्टर झोले’लाई सकारात्मक प्रतिक्रिया, रुचाईयो कमेडी पाटो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आजबाट अलनेपाल प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ले प्रेस शोबाट सकारात्मक प्रतिक्रिया पाएको छ । पत्रकारसँगै सिनेमा क्षेत्रका केहि व्यक्तित्व रहेको उपस्थित रहेको प्रेस शोमा सिनेमाको कमेडी पाटो रुचाए ।

रामबाबू गुरुङ निर्देशित सिनेमाले २ घण्टा मज्जाले हसाउने र पैसा असुल सिनेमा बनेको अधिकाँसले प्रतिक्रिया दिए । प्रेस शोमा अभिनेता दयाहाङ राई सपरिवार उपस्थित थिए । उनले सिनेमा हेरेका पत्रकारहरुसँग प्रतिक्रिया लिदै कमिकमजोरीको बारेमा छलफल गरेका थिए । शोमा अभिनेत्री दीया पुन, निर्देशक रामबाबू गुरुङ र सिनेमाका अन्य कलाकारहरु पनि उपस्थित थिए ।

दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ |

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।