दर्शकले रुचाए ‘मिस्टर झोले’, प्रतिक्रिया सहित (भिडियो)

दर्शकले रुचाए ‘मिस्टर झोले’, प्रतिक्रिया सहित (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ले दर्शकको राम्रो साथ र माया पाउन सफल भएको छ । पहिलो दिन ७० प्रतिशत अकुपेन्सी रहेको सिनेमाले शनिबार ९० प्रतिशत माथीको अकुपेन्सी कायम गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।

चिसोका कारण शनिबार विहानका शोज केहि प्रभावित भएपनि दिउँसो र बेलुकाका ९० प्रतिशत शोज हाउसफुल रहेको शाहीले बताए ।

शनिबार राजधानीका केहि मल्टीप्लेक्समा सिनेमाका कलाकारसहित निर्माताहरु दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए । जहाँ दर्शकले सिनेमा एकदमै मन परेको प्रतिक्रिया दिए । सिनेमाको कमेडी पाटोलाई दर्शकले अत्याधिक रुचाएका छन् ।  निर्माताद्वय टेकेन खड्का र रौनकविक्रम कँडेल दर्शक प्रतिक्रियाबाट उत्साहित भएका छन् । सिनेमाको माउथ पब्लिसिटी राम्रो भएकाले आगामी दिनमा दर्शक अझैं बढ्न सक्ने दुवै निर्माताले आशा व्यक्त गरे ।

सिनेमाका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक यतिबेला शोको लागी हङकङ पुगिसकेका छन् ।

दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको सिनेमाले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।