काठमाडौँमा ३ गते ‘मिस्टर एण्ड मिस एम्पेरर’ अडिसन

काठमाडौँमा ३ गते ‘मिस्टर एण्ड मिस एम्पेरर’ अडिसन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नयाँ प्रतिभालाई सिनेमासम्मको बाटो देखाउने ‘मिस्टर एण्ड मिस एम्पेरर गटवे टु कलिउड’को  काठमाडौँ अडिसन मिति तय भएको छ । पर्फेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताको काठमाडौँ अडिसन दरबारमार्गस्थित दरबार लंजमा असार ३ गते हुनेछ ।
अभिनेताद्वय आमेश भण्डारी र आमेश भण्डारीका साथै युविका श्रेष्ठ र रविन कँडेलको टिममा आयोजना हुने प्रतियोगिता देशका दश शहरमा गरिनेछ । दुई चरणमा हुने प्रतियोगिताको लागि काठमाडौँसँगै पोखरा,  चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीजस्ता शहर छनोट गरिएको छ । यी शहरहरुबाट ‘मिस्टर एण्ड मिस एम्पेरर’ घोषणा गरिनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।
दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।
काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।
प्रतियोगिताको आवेदन वितरण भईरहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई ‘Empror <space> Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, दशवटै शहरका विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।