‘द जंगल बूक’मा आधारित ‘मुग्ली’ ट्रेलर रिलिज

‘द जंगल बूक’मा आधारित ‘मुग्ली’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रोहन चन्द अभिनित हलिउड सिनेमा ‘मुग्ली’को ट्रेलर रिलिज भएको छ । ‘द जंगल बूक’मा आधारित सिनेमाको अघिल्लो भागलाई अत्याधिक रुचाइएको थियो । सन् २०१६ मा रिलिज भएको ‘द जंगल बूक’मा नील सेठीले ‘मुग्ली ‘को भूमिका निर्वाह गरेका थिए । त्यहिँ भूमिकाको शिर्षकमा निर्माण भएको ‘मुग्ली’लाई एन्डी सेर्किजले निर्देशन गरेका हुन् ।

नेपालसँगै भारतमा पनि उम्दा कमाई गरेको ‘द जंगल बूक’ले विश्वव्यापी ९ सय ६६ मिलियन अमेरिकी डलर कमाई गरेको थियो । जसको बजेट जम्मा १ सय ७५ मिलियन थियो । भारतमा मात्र १ सय ८७ करोडको कारोबार गरेको ‘द जंगल बूक’ भारतमा सर्वाधिक कमाई गर्ने हलिउड सिनेमासमेत बनेको थियो । जसको रेकर्ड प्रदर्शनरत सिनेमा ‘एभेन्जर्स: इन्फिनिटी वार’ले तोडीदिएको छ ।

‘मुग्ली’मा रोहनसँगै क्रिस्टियन बेल, केट ब्लंचचेट, बेनेडिक्ट कम्बरब्याच, नोयोमी हैरिस लगायतका कलाकारको अभिनय छ । सिनेमा १९ अक्टुबरमा रिलिज हुदैछ ।

https://youtu.be/GpxCT36DxKg