नेपाल आईपुगिन मोनालि, हिन्दीसँगै नेपाली पनि गाउँने !

नेपाल आईपुगिन मोनालि, हिन्दीसँगै नेपाली पनि गाउँने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड पार्श्वगायिका मोनालि ठाकुर नेपाल आईपुगेकी छन् । उनलाई ‘पर्फेक्ट प्लान इन्टरटेनमेन्ट’ले नेपालमा कन्सर्टका लागि भित्र्याएको हो । डिसेम्बर ९ ‘क्लब डेजाभु’मा हुने सांगीतिक कार्यक्रममा ठाकुरले हिन्दी र नेपाली गीत गाउँनेछिन् ।

शुक्रबार राजधानीमा गरिएको प्रेसमिटमा भोलिको लागि आफ्नो तयारिको बारेमा नेशनल अवार्ड विजेता गायिकाले भलाकुसारी गरिन । उनि भोलि बिहानै मन्दीर दर्शन गर्नेछिन् । त्यसपछि राति हुने कन्सर्टको लागि तयारि गर्नेछिन् । कन्सर्टमा हिन्दीसँगै नेपाली गीत पनि गाउँने योजना बनाएकी ठाकुरले कुन चै नेपाली गीत गाउँने ? बारे खुलाईन । उनले भनिन् ‘कन्सर्टमै आउनुहोस् त्यहिँ थाहा पाउनुहुनेछ ।’

मोनालिले ‘मोह मोह के धागे’ गीतबाट नेशनल, फिल्मफेयर लगायत थुप्रै अवार्ड हात पारेकी छन् । भने, केहि सिनेमामा अभिनय समेत गरेकी छन् । उनका ‘सवार लु’, ‘जरा जरा टच मि’, ‘छम छम’, ‘लभ मि थोडा’, ‘तुने मारी इन्ट्री’, ‘खुदाया खैर’, ‘ढोल बाजे’ लगायतका गीत हिट छन् ।

तस्विर: कुशल राई