मोनाली नेपाल आईन तर, अर्कैको गीतमा दर्शक झुमाईन !

मोनाली नेपाल आईन तर, अर्कैको गीतमा दर्शक झुमाईन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड पार्श्वगायिका मोनाली ठाकुर शनिबार राति राजधानीको ‘क्लब डेजाभु’मा झुल्कीइन । राष्ट्रिय अवार्ड विजेता गायिकाको लाईभ कन्सर्टमा झुम्न नेपाली सेलेब्रेटी र हजारौ दर्शक उपस्थित थिए ।

११ बजे स्टेज चढेकी मोनालीले ‘जरा जरा टच मि’, ‘मोह मोह के धागे’, ‘छम छम’, ‘सवार लु’ लगायतका आफ्ना गीतसँगै अन्य स्रष्टा पनि गीत गाउँन भ्याईन । डेढ घण्टा ‘डेजाभु’ तताएकी मोनालीले ‘लन्डन ठुमुकदा’, ‘दुनियामे लोगो को ढोका’, ‘लैला मे लैला’ जस्ता अन्य स्रष्टा गीत गाउँदा दर्शक माँझ गर्मि चढेको थियो । प्रेसमिटमा नेपाली गीत समेत गाउने बताएकी यी गायिकाले कन्सर्टमा भने नेपाली गीत गाईनन ।

कन्सर्ट हेर्न आर्यन सिग्देल/पत्नी सपना भण्डारी, प्रशान्त ताम्राकार, सलोन बस्नेत, आमेश भण्डारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, नग्मा श्रेष्ठ जस्ता चर्चित अनुहार पनि पुगेका थिए ।