भदौमा आउने भयो ‘मिस्टर भर्जिन’

भदौमा आउने भयो ‘मिस्टर भर्जिन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘मिस्टर भर्जिन’को रिलिज डेट तय भएको छ । विशारद बस्नेत निर्देशित सिनेमा अब भदौ १ गते अलनेपाल रिलिज हुनेछ । निर्माण पक्षले रिलिज डेट कम्फर्म गरेको हो ।

वर्ल्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रालिको व्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा केहि भर्जिन पात्रहरुले भोगेको परिस्थिति र त्यसबाट उत्पन्न हुने घटनालाई कमेडी फ्लेवरमा प्रस्तुत गरिएको छ । सिनेमामा गौरव पहारी, मरिश्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सागर ढकाल, कुलदीप अधिकारी लगायत थुप्रै कलाकारको अभिनय छ ।

सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत रहेको ‘मिस्टर भर्जिन’मा रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार/दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहेको छ ।