मिस्टर झोले: दयाको रोग र ओखती दुवै दिया (भिडियो)

मिस्टर झोले: दयाको रोग र ओखती दुवै दिया (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रामबाबु गुरुङ निर्देशित सिनेमा ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘ओखती…’ बोलको कमेडी गीतमा दयाहाङ राई, दिया पुन लगायतका कलाकार फिचरिङ छन् ।

गीतमा दायाहाङ  र दियालाई कम्मर मर्काउन विक्रम स्वारले निर्देशन दिएका छन् । कालीप्रसाद बाँस्कोटाको शब्द/संगीत/स्वर समावेश गीतको भिडियोलाई रवी न्यौपानेले खिचेका छन् । गीतमा निमेष श्रेष्ठको सम्पादन छ ।

पुस २८ गते रिलिज मिति तय गरेको सिनेमामा दयाहाङ र दियाका अलावा वर्षा राउत, बुद्दी तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ । सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा सिनेमालाई टेकेन खड्काले निर्माण गरेका हुन् । ‘मिस्टर झोले’मा रौनकविक्रम कँडेल कार्यकारी निर्मातामा रहेका छन् ।

https://youtu.be/nDIzVRnDWoM