‘मिस्टर झोले’ फस्टलुक पोस्टरसँगै रिलिज डेट सार्वजनिक

‘मिस्टर झोले’ फस्टलुक पोस्टरसँगै रिलिज डेट सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रामबाबु गुरुङ निर्देशित नयाँ सिनेमा ‘मिस्टर झोले’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । पोस्टरमा सिनेमाका मुख्य कलाकारद्वय दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ र प्रविन खतिवडा प्रस्तुत भएका छन् ।

सिनेमाको लागि प्रदर्शन मिति पुस २८ लाई तोकिएको छ । फेसबुकबाट फस्टलुक पोस्टर सार्वजनिक गरेका निर्देशक गुरुङले भदौ १६ गते ‘ओखती’ बोलको गीत सार्वजनिक गरिने जानकारी दिएका छन् ।

रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको ‘मिस्टर झोले’मा टेकेन खड्काले लगानी गरेका छन् । सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा पुस्कर गुरुङ, अरुणा कार्की, कमल मनी नेपाल, सरोज अर्याल, मनिराम पोखरेल लगायतका कलाकारको पनि अभिनय छ ।