डेढ महिनामै चाम्सका ३ सिनेमा, कस्तो छ चर्चा ?

डेढ महिनामै चाम्सका ३ सिनेमा, कस्तो छ चर्चा ?

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली, काठमाडौँ – निर्देशक मिलन चाम्स नेपाली सिनेमाका लागि कुनै नौलो नाम होइन । अहिलेका सर्वाधिक व्यस्त निर्देशक मध्ये मिलन चाम्सको नाम अग्रपंक्तिमा आउछ ।

यी निर्देशका अहिलेसम्म दुई सिनेमा मात्र रिलिज भएका छन् । पहिलो सिनेमा ‘हँसिया’ पछी चाम्सको ‘वीर विक्रम’ मात्र रिलिज भएको छ । तर, पाइपलाइन भने चाम्सकै सिनेमा धेरै छन् । यो वर्षको अन्तिम दुई महिनामा मात्र चाम्सका तीन सिनेमाले रिलिज डेट तय गरि पालो कुरिरहेका छन् ।

‘हँसिया’ को औसत सफलता र सुपरहिट बनेको ‘वीर बिक्रम’बाट हाइप बनाएका चाम्सका ४५ दिन भित्र ३ सिनेमा रिलिज हुँदा, उनलाई बक्सअफिस झट्का लाग्ने त होइन ? आज हामि मिलनका यो वर्ष प्रदर्शन हुने तिनै सिनेमाको बारेमा चर्चा गर्छौ ।

फागुन १७: ब्लाइन्ड रक्स –

‘वीर बिक्रम’ रिलिज भएको झन्डै १ वर्ष पछी मिलनको ‘ब्लाइन्ड रक्स’ प्रदर्शन हुन् लागेको हो । दृष्टिविहिन सृष्टि श्रेष्ठको यस बायोपिकमा बेनिशा हमालले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

रिलिजको लागि साता दिन बाँकी रहँदा ‘ब्लाइन्ड रक्स’को चर्चा औसत छ । तर, यो सिनेमाको लगानी विदेश प्रदर्शनबाटै उठ्ने सङ्केत देखा परेको छ । सिनेमा लण्डनका दर्जनौ शहरहरु प्रदर्शन भैसकेको छ । उसो त निर्देशक चाम्स विदेशमा आफ्नो मार्केट ठुलो रहेको दावी गर्छन ।

चैत १६: हयाप्पी डेज-

प्रदर्शनका हिसावले चाम्सको यो चौथों सिनेमा भएपनि ‘ब्लाइन्ड रक्स’भन्दा पहिले नै निर्माण सम्पन्न भएको थियो । लण्डनमा छायाँकन भएको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका छ ।

‘ह्याप्पी डेज’लाई पनि बक्सअफिस सफलताको ठुलो चुनौती छ । किनकि, सिनेमाका मुख्य पात्रलाई यो वर्ष थुप्रै सिनेमामा दर्शकले हेरिसकेका छन् । यस्तोमा दयाहाङ र प्रियंकालाई पुन: हेर्दा दर्शक ह्यांङ हुन् सक्छन । उसो त सिनेमाको गीत र ट्रेलरले पनि औसत चर्चा पाएका छन् । यदि सिनेमाको कन्टेन्ट र मेकिङ राम्रो भैदिएमा ‘ह्याप्पी डेज’ हेर्न दर्शक ढिलो-चाँडो हल आउन सक्छन । नत्र ‘ह्याप्पी डेज’को लगानी उठाउन चाम्सलाई विदेशकै भर पर्नुपर्ने देखिन्छ ।

चैत ३०: लिलिबिली-

‘ह्याप्पी डेज’ रिलिज भएको दुई साता मै ‘लिलिबिली’ प्रदर्शन हुदैछ । यस्तोमा कुन सिनेमालाई समय दिने निर्देशक आफैलाई तनाव हुन् सक्छ । वर्षकै अन्तिम प्रतिक्षित सिनेमाको रुपमा प्रदर्शन हुने ‘लिलिबिली’मा प्रदीप खड्का, जसिता गुरुङ र प्रियंका कार्कीको केन्द्रिय भूमिका छ । २ साता अगाडी ‘ह्याप्पी डेज’मा देखिएकी प्रियंका ‘लिलिबिली’ मार्फत आउदा दर्शकले कत्तिको साथ देलान् ?

उसो त दर्शक तान्न सक्ने अभिनेता भनेर चिनिएका प्रदीपलाई पनि चुनौती नै छ । प्रदीपको यो वर्ष ‘प्रेमगीत २’ प्रदर्शनमा आएर व्यापारिक सफलता पाईसकेको छ । गीत, संगीतबाट हाइप बनाउन नसकेको ‘प्रेमगीत २’लाई चर्को प्रचारले सफलताको बाटो देखाएको थियो । ‘प्रेमगीत २’ सफल हुनुमा प्रदीपको स्टारडमको पनि हात छ ।

‘लिलिबिली’का सार्वजनिक भएका दुई गीतको चर्चा औसत छ । यस्तोमा सिनेमाको व्यापक प्रचार हुन् अति आवश्यक छ । नत्र, भने बहुप्रतिक्षित सिनेमाले बक्सअफिसमा फेल खाएका टन्नै उदाहरण छन्, सिनेमा क्षेत्रमा ।

मिलन चाम्सका अधिकाँस सिनेमाले विदेश राम्रो व्यापार गर्छन । विदेशमा रेडकार्पेट प्रिमियरको सुरुवात गरेका चाम्सले थुप्रै देशहरुमा नेपाली सिनेमाको बजार विस्तार गरेका छन् । तर, यस पटक छोटो समयमै धेरै सिनेमा रिलिज हुँदा चाम्सलाई चुनौती र आफुलाई प्रमाणित गर्ने समय जुरेको छ । यदि डेढ महिनाको विचमा यी सिनेमा सफल भए भने चाम्सले नेपाली सिनेमामा छुट्टै उचाई लिने छन् । जुन अहिलेसम्म भएको छैन ।