प्रदीप र मिलनले गरे ‘सोलिडोली’ निर्माणको खण्डन

प्रदीप र मिलनले गरे ‘सोलिडोली’ निर्माणको खण्डन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिलेका लोकप्रिय अभिनेता प्रदीप खड्काले नयाँ सिनेमा ‘सोलिडोली’मा अनुबधित भएको खबर गलत रहेको पुष्टि गरेका छन् ।

केहि मिडियामा ‘लिलिबिली’ टिमले बनाउने ‘सोलिडोली’मा प्रदीप अनुबन्धित भएको खबर बाहिरिएको थियो । मिलन चाम्सले निर्देशन गर्ने भनिएको उक्त सिनेमाको बारेमा मिलनले पनि सत्यता नरहेको स्टाटस लेखेका छन् ।

मिलन लेख्छन ‘मेरो अगामी प्रोजेक्ट “बिर बिक्रम २” बाहेक कुनै पनि प्रोजेक्ट गर्न तयारी नभएको अवस्था । । । । प्रसँग “सोली डोली ” ’

त्यस्तै प्रदीपले पनि ‘सोलिडोली’ गर्ने कुनै पनि मनस्थितिमा नरहेको बताए । ‘म एक पटकमा एउटा सिनेमामा मात्र काम गर्छु । ‘लिलिबिली’ रिलिज भए पश्चात ‘भैरवी’नै हो । यदि ‘भैरवी’ सरेको खण्डमा नयाँ व्यानरसँग काम गर्ने सोच छ ।’ उनले द सिनेमा टाइम्ससँग भने ।

साथै, प्रदीपले ‘लिलिबिली २’ बनेको खण्डमा उक्त सिनेमाप्रति ‘इन्ट्रेस्ट’ रहने पनि बताए । ‘अहिले ‘सोलिडोली’ गर्ने मनस्थिति छैन । आशा गर्छु पछी रेप्लेस भयो भन्ने खबर सुन्न नपरोस्’ प्रदीपले अगाडी थपे ।

प्रदीप स्टारर सिनेमा ‘लिलिबिली’ यहिँ चैत ३० गते रिलिज हुदैछ । मिलन चाम्सले निर्देशन गरेको ‘लिलिबिली’मा प्रदीपसँगै जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।