ह्योल्मो भाषाको सिनेमा ‘मेतोक’को टिजर रिलिज (भिडियो)

ह्योल्मो भाषाको सिनेमा ‘मेतोक’को टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ह्योल्मो भाषामा निर्माण भएको सिनेमा ‘मेतोक’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको टिजर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार ठिलेन लामा, ओमु निमा ह्योल्मो, दावा दोर्जे, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो ,भिम ज्याबा ,कान्छीमाया ह्योल्मो ,पेमा ह्योल्मोलाई स्थान दिइएको छ ।

ठिलेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई ठिलेन लामाले निर्देशन गरेका हुन् । यो सिनेमामा सर्किनी ज्याबा ह्योल्मोको लगानी रहेको छ । सिनेमा मेतोक ह्योल्मो जातीको सँस्कृतीमा आधारित लभस्टोरीमा कथामा निर्माण गरिएको निर्देशक लामाले बताए ।

सिनेमामा ठिलेन लामाको कथा, आगत केसीको पटकथा तथा संवाद, राम कुमार कसीको छायाँकन रहेको छ । लोसार पर्वको अवसरमा यो सिनेमा रिलिज गरिने छ । ह्योल्मो भाषामा निर्माण भएको सिनेमालाई नेपाली भाषामा डब गरेर रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । मेतोकलाई सिन्धुपाल्चोकको हेलम्बु ,मुस्ताङ तथा काठमाडौँमा छायांकन गरिएको हो ।