सौगात र वर्षाको ‘मेरो पैसा खोई’ कार्तिक ९ मा

सौगात र वर्षाको ‘मेरो पैसा खोई’ कार्तिक ९ मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रोज राणाले निर्देशन गरेको सिनेमा ‘मेरो पैसा खोई’को रिलिज डेट फाईनल भएको छ । निर्माता समेत रहेका राणाले सिनेमा कार्तिक ९ गते रिलिज गर्ने जानकारी दिएका छन् । साथै आगामी साता सिनेमाको ट्रेलर, गीत पनि सार्वजनिक गरिने बताए ।

पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको सिनेमाका केहि तस्विर सार्वजनिक भएका छन् । जहाँ सौगात मल्ल र वर्षा राउतलाई रोमान्टिक मूडमा देख्न सकिन्छ ।

सिनेमामा सौगात र वर्षाका अलावा छुल्ठिम गुरूङ, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय छ । ‘मेरो पैसा खोई’बाट नवअभिनेता सागर तिवारीले डेब्यु गर्दैछन् ।