‘मेरो पैसा खोइ? लाई बलिउड निर्देशकले एक्सन कट् भन्ने, सौगात मल्ल लिड हिरो

‘मेरो पैसा खोइ? लाई बलिउड निर्देशकले एक्सन कट् भन्ने, सौगात मल्ल लिड हिरो

द सिनेमा टाइम्स
0
Shares

बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने नेपाली फिल्म ‘मेरो पैसा खोइ’ को कलाकार तथा प्राविधिक पक्का भएका छन् । मंगलबार साँझ एक जमघट गर्दै निर्माता रोज राणाले फिल्मका मुख्य कलाकार तथा प्राविधिक पक्का भएको जानकारी दिदैं उनीहरुको नाम खुलाए ।

निर्माता राणाका अनुसार फिल्म ‘मेरो पैसा खोइ’ मा अभिनेता सौगात मल्ल, नायिका बर्षा सिवाकोटी, नव नायक सागर तिवारी, कलाकारहरु बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायत कलाकारहरुको अभिनय रहेनछ । मौनता श्रेष्ठको पटकथा, बसन्त सापकोटाको संगीत र चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने फिल्ममा हरी घलेको छायाँकन रहनेछ भने गीतको शब्द दयाराम पाण्डेले लेखेका छन् । विवेक शर्माले  बलिउड सुपरस्टार शाहरुख खान ,अमिताभ बच्चन स्टारर ‘भूतनाथ’बाट निर्देशकको रूपमा डेब्यू गरेका हुन्।

mero paissa khoeफिल्म ‘मेरो पैसा खोइ’ को छायाँकन माघको दोश्रो सातादेखि सुरु हुनेछ । नेपाली र हिन्दी दुवै भाषामा डव हुने फिल्मको काठमाण्डौं, पोखरा, जोमसोम र बुटवल लगायत क्षेत्रमा छायाँकन हुनेछ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे Ntv Plusमा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, साथै हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ.. साथै एभिन्युज टेलिभिजनमा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रत्येक घण्टा  एभीन्युज cine premiere प्रसारण भैरेहेको  छ ।