बि स २००७ सालमा आएको प्रजातत्त्र दिबशको अबसर पारेर फागुन ६ गते रिलिज गराउन लागीएको चलचित्र मेरो देशको उकाली ओराली बोलको भिडियो गीत सार्बजनिक गरीएको छ । चलचित्रले युटुयब मार्फत नायिका निशा अधिकारी र नायक प्रजवल गिरी अभिनित यो गीतलाई सार्बजनिक गरेको हो । सार्बजनिक गीतमा मधेश र पहाडको सम्बन्ध गाढा बनाउन तराई झरेर माया लगाएको भाब झल्कन्छ । चलचित्रको यो गीतलाई बिबि अनुरागीले संगीत भरेकाछन भने निर्माता उदय सापकोटा सुरेनले लेखेकाछन । गीतमा अप्सरा देबकोटा र रुपक चौधरीले स्वर दिएकाछन । रबिन्द्र बरालको कोरीयोग्राफी रहेको यो गीतलाई किरणराज थापाले सम्पादन गरेकाछन । गीतलाई राजमार्गको बिपि हाईवे देखी सुनकोशीको तिरमा छायाकन गरीएको छ । चलचित्रलाई देब नेपालले निर्देशन गरेका छन । चलचित्रले केही समयमै प्रोमो रिलिजको तयारी गरीरहेको निर्माता सापकोटाले बताएकाछन । चलचित्रमा आयुष रिजाल,एलिजा प्रधान,ध्रुब कोईराला,निर शाहा लगाएतका कलाकारहरुले अभिनय गरेकाछन ।
नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।
प्रतिक्रिया