‘मेरी मामु’को पहिलो गीत रिलिज

‘मेरी मामु’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आसुसेन फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चौथो सिनेमा ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक गरिएको छ । बाल मानोविज्ञान, सामाजीक तथा पारिवारिक कथामा निर्माण भएको सिनेमा ‘मेरी मामु’मा समावेश ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शिर्ष गीतमा सिनेमाको मुख्य पात्र शारुक ताम्राकार, आयुब सेन र कुशुम गुरुङलाई फिचर्ड गरिएको छ ।

भाद्र १५ गतेबाट रिलिज हुने सिनेमालाई सन्तोष सेनले निर्माण गरेका हुन्, भने यम थापाको लेखन तथा निर्देशन रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतमा रबिन मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वर छ ।

‘मेरी मामु’मा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधान मानकृष्ण महर्जनको छायांकन रहेको छ । सिनेमामा शाहरुक ताम्रकार, अश्लेषा ठकुरी, कुशुम गुरुङ, भूवन चन्द, दुर्गा मल्ल बालकलाकार आयुब सेन, कृजन गौतम र शुभम बिष्टको अभिनय रहने छ । ‘मेरी मामु’बाट निर्माता सेनका छोरा आयुब सेन, कुशुम गुरुङले डेव्यु गर्दै छन् ।