‘मेरी मामु’मा अयुबले जादु देखाउन सक्छन्

‘मेरी मामु’मा अयुबले जादु देखाउन सक्छन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं –  निर्माता सन्तोष सेनले यस अघि फिल्म ‘प्रेमगीत २’ ल्याए । उक्त  फिल्मको एक भूमिकामा उनी आफैले अभिनय गरे । फिल्ममा निभाएको भूमिकाबाट राम्रो प्रतिक्रिया पनि पाए ।अहिले अर्को फिल्म ‘मेरी मामु’को प्रचारमा लागेका छन् उनी । फिल्मको प्रचारका लागि टीम यति बेला देशका विभिन्न शहरको यात्रामा निस्केको छ । फिल्म युनिटमा अयुब सेन सबैका प्रिय बनेका छन् ।

केही दिनअघि फिल्म युनिटले गीत रिलिज ग¥यो । जुन गीतले एक खालको माहोल सिर्जना ग¥यो । उक्त गीतमा अयुबले मन छुने गरी अभिनय गरेर राम्रो प्रशंसा पाए । फिल्म रिलिज नहुँदै अयुबले माहोल  बनाइसकेका छन् । यो सकारात्मक पक्ष हो । गीतकै आधारमा भन्न  सकिन्छ, ‘फिल्ममा अयुबले जादु देखाउँछन् ।

’त्यस्तै केही समय अघि रिलिज भएका फिल्मका पोस्टरले पनि उनलाई चिनारी दिएको थियो । अर्को फरक कुरा त के छ भने, यो फिल्ममा अरु भन्दा अयुब सेन नै मुख्य चासोका विषय बनेका छन् । दर्शकले अयुब सहित रिलिज भएका पोस्टर र शीर्ष गीत ‘आमा’ बाट राम्रो प्रतिक्रिया पाएका छन् ।

आउँदो भदौ १५ गतेबाट रिलिजहुने भनिएको फिल्मले ट्रेलर भने अझै सार्वजनिक गरेको छैन । तर, यताप्रचारमा भने जुटि सकेको छ । ट्रेलर रिलिजको क्रममा रहेको यो फिल्म युनिटले केही भिडियोहरु राखेको छ, जुन भिडियोमा फिल्म बनाउँदाका पर्दा पछाडिका दृश्यलाई समेटिएको छ ।जे होस्, अयुबका लागि पहिलो फिल्म यादगार बन्न सक्छ । किनकि, यो फिल्ममा उनले काम देखाउने मौका पाएका छन् ।

उनले मात्र होइन, निर्देशक यम थापाले पनिआफूलाई अझ चिनाउने मौका पाएका छन् ।चलचित्रमा अयुबसँगै सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम श्रेष्ठ, भुवन चन्द, दुर्गा मल्ल ठकुरी लगायतका कलाकारले पनिअभिनय गरेका छन् । चलचित्रमा सन्तोष सेन निर्मातातथा प्रस्तुतकर्ताका रुपमा छन् ।